
धादिङ । माओवादी केन्द्र नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा ०७४ सालको स्थानीय तहमा उठेकै उम्मेदवार नारायण कुमार श्रेष्ठलाई उठाउने निर्णय गरेको छ ।
शनिबार सम्पन्न वडा बैठकले नारायण कुमार श्रष्ठलाई नै वडामा उठाउने निर्णय गर्दै नगरपाटीमा उम्मेदवारको नाम सिफारिस गरेकोे हो । बैठकले दलित महिला सदस्यमा झरना सुनार र महिला सदस्यमा शान्ति कुमारी श्रेष्ठ, सदस्यहरुमा युवराज रिजाल र रेगन श्रेष्ठ उठाउने निर्णय गरेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा यस वडामा अध्यक्षमा ५ जनाको उम्मेदवारी रहको मध्य नेपाली कांग्रेका होमनाथ रिजाल ८४२ मत ल्याउँदै विजयी भएका थिए । उनको प्रतिस्पर्धीहरु शान्त विक्रम बानियाँ एमाले ४५८ मत, नारायणकुमार श्रेष्ठ (एम्बुलेन्स अंकल) माओवादी केन्द्र ७७६ मत, चामबहादुर थापा क्षेत्री राप्रपा २६ मत, इवराज थापाक्षत्री नयाँ शक्तिले ३० मत ल्याएका थिए ।









