
सुमन अधिकारी,
धादिङ । नेकपा माओवादी केन्द्र नीलकन्ठ नगरपालीका १४ धुवाकोट, वडा समितिले नवराज दुवाडीलाइ वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आईतबार बसेको वडा कमिटिको विस्तारित बैठकले आशन्न स्थानीय तहको निर्वाचन अन्तरगत माओवादी केन्द्र नीलकण्ठ १४ मा वडा अध्यक्षको आकांक्षीमा दुवाडी सहित कमला तामङ, राज कुमार श्रेष्ठ, इन्द्र प्रसाद दाहालले दावि गरे पनि छलफल पछि नमराज दुवाडीलाई नै वडा अध्यक्ष उठाउने निर्णय गरेको हो ।
बैठकले महिला सदस्यमा कमला तामाङ र सदस्यहरुमा सुर्य तामाङ, अर्जुन गुरुङ उठाउने निर्णय गरेको छ । यस्तै दलित महिला सदस्यमा भने ३ जना गिता परियार, रुप्सिला सुनुवार र संगिता सुनार बीसीलार्इ सिफारिस गरेर पठाईएको बताईएको छ ।
सदस्यता सिफारिस भएका अर्जुन गुरुङ र सुर्य तामाङ सहिद परिवारका सदस्य हुन् । नमराज दुवाडीको अध्यक्षता बसेको उक्त बैडकमा उपत्यका प्रदेस समितिका सहसचिव सोम्बले तामाङको प्रमुख आतिथ्यता र नीलकन्ठ नगर समितिका कोषाध्यक्ष कमला तामाङ नगर समितिका सदस्यहरुको आतिथ्यता रहेको थियो ।
यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यस वडामा अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो जसमा एमालेका फन्द्रा तामाङले ८३६ मत ल्याउँदै विजयी भएका थिए । उनको प्रतिपर्धी कांग्रेसका २६३, माओवादी केन्द्रका नमराज दुवाडी ६७८, जीबहादुर गुरुङ राप्रपा ९ र भोजबहादुर गुरुङ नयाँ शक्तिले २९ मत ल्याएका थिए ।









