नेकपा (एस) नीलकण्ठ १४ बाट वडा अध्यक्षमा ६ जनाको दावी

Avatar photo
Dhadingpost
चैत्र २६, २०७८

धादिङ । नेकपा एकीकृत समाजवादी नीलकण्ठ नगरपालिका १४ बाट वडा अध्यक्षमा ६ जनाले दावी गरेका छन् ।

वडा बैठकमा आफु वडा अध्यक्ष पदका लागि योग्य र जितका लागि पार्टीले वडा अध्यक्षको टिकट दिनु पर्ने दावी सहित ६ जना आकांक्षी रहेपछि नाम छनोटको लागि पालिका कमिटीमा पस््रताव गरिने बताईएको छ ।

वडा अध्यक्ष दावी गर्नेमा अब्जनाथ सापकोटा (गोबिन्द), राजु गुरुङ, टिकाराम नेपाली, प्रदिप शाह, ईन्द्र प्रसाद घिमिरे (राजी) र हरिशरण राना मगर रहेका छन् । यस्तै सदस्यहरुमा नारायण ब, सापकोटा, हेम ब, तामाङ लामा, सीता अधिकारी, पार्वती सुनार (नेपाली), बिनोद श्रेष्ठ, हेम प्रसाद नेपाल (अर्जुन), सुरेन्द्र श्रेष्ठ, प्रेम प्रसाद लामिछाने र सर्मिला परियार छन् ।

यस अघि ०७४ सालको निर्वाचनमा यस नीलकण्ठ १४ मा वडा नम्बर १४ को अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो जसमा एमालेका फन्द्रा तामाङले ८३६ मत ल्याउँदै विजयी भएका थिए । उनको प्रतिपर्धी कांग्रेसका २६३, माओवादी केन्द्रका नमराज दुवाडी ६७८, जीबहादुर गुरुङ राप्रपा ९, भोजबहादुर गुरुङ नयाँ शक्तिले २९ मत ल्याएका थिए ।