भरसक कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्नुपर्छ -कोइराला

Avatar photo
Dhadingpost
चैत्र २६, २०७८

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी निर्वाचनमा भरसक कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्नुपर्ने बताएका छन् ।

नेविसंघ ईलाम–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले कांग्रेसले देश र जनताका लागि गरेको योगदानको वास्तविक परीक्षण गर्न पनि कांग्रेस एक्लै प्रतिष्पर्धामा जानुपर्ने बताएका हुन् ।

चूनावमा तालमेल भए माओवादी र एमालेबीच सहकार्य हुनसक्ने खतरा रहेको पार्टी सभापतिको चिन्ता रहेको स्वभाविक रहेको उनले बताए । त्यस्तै कोइरालाले मुलुकको निर्वाचन खर्च महङ्गो हुदै गएको पनि बताए । यसअघि आफ्नो चूनावको खर्च नै ६ करोड भएको भन्दै उनले चुनावमा खर्च घट्नुपर्ने मान्यता रहेको धारणा राखे ।

अब निर्वाचन जित्न कम्तीमा ६/७ करोड खर्च गर्नुपर्ने देखिएकाले आफ्नो नवलपरासी गैँडाकोट क्षेत्रमा अरु कसैले निर्वाचन लड्न चाहेमा आफूले छाड्न तयार रहेको उनले बताए । कार्यक्रममा समितिले प्रकाशन गरेको क्यालेन्डर विमोचन गरिएको थियो ।