कांग्रेसले धादिङका रुवालीको संयोजकत्वमा बागमती प्रदेश स्तरीय प्रचार समिति बनायो

Avatar photo
Dhadingpost
चैत्र २०, २०७८

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशले धादिङका तिलक रुवालीको संयोजकत्वमा स्थानीय तह निर्वाचन प्रचार समिति गठन गरेको छ ।
कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले सोमबार कांग्रेस प्रदेश कार्यसमितिका सदस्य तथा प्रवक्ता रुवालीको संयोजकत्वमा ३७ सदस्यीय प्रचार समिति गठन गरेकाल हुन् ।

प्रचार समितिको सदस्यहरुमा क्रमशः उपेन्द्र लम्साल (रसुवा), श्याम कुमार लामा (धादिङ), ओमप्रसाद डल्लाकोटी (चितवन), जानकी लामा तामाङ (मकवानपर), रामशरण माझी (मकवानपुर), नानु दाहाल (काठमाण्डौं), राजु खरेल (काठमाण्डौं), धन कुमारी थापा (सरु) (नुवाकोट), कुमार दुलाल (सिन्धुपाल्चोक), गुमानसिंह लामा (काभ्रेपलान्चोक), कोकिल अस्तानी मगर (सिन्धुली), कृष्णकुमार श्रेष्ठ (सिन्धुली), मोहम्मद मुकिम (ललितपुर), सुमन कार्की (भक्तपुर), गणेशप्रसाद फुयाल (भक्तपुर), उज्वलराम घिमिरे (रामेछाप), भीमसेन बस्नेत (रामेछाप), प्रभुराम श्रेष्ठ (दोलखा), अनिता श्रेष्ठ (दोलखा) रहेका छन् ।

यसैगरी, दिवाकर नेपाल (ललितपुर), रामबहादुर लामा (चितवन), खुमबहादुर सुवेदी (धादिङ), सानुकाजी दाहाल (धादिङ), उत्तम चुके (चितवन), कबिता भन्तना (चितवन), अस्मिन सिटौला (काठमाण्डौं), सन्तप्रसाद श्रेष्ठ (प्रबिन) (काठमाण्डौं), राजेन्द्र बानियाँ (काठमाण्डौं), देब सुन्दर बज्राचार्य (काठमाण्डौं), राजु सुनार (काठमाण्डौं), माधव लामिछाने (नुवाकोट), पवित्रा पुडासैनी (नुवाकोट), रामशरण वस्ति (नुवाकोट), ईश्वरलाल श्रेष्ठ (रसुवा) र राजेन्द्र लामा (चितवन) प्रचार समितिको सदस्यमा मनोनित भएका छन् ।