
काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ ।
मंगलबार केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा. प्रकाश शरण महतले स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरिएको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकिएको जानकारी दिए ।
कांग्रेसले स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ । सानेपास्थित कार्यालयमा चार दिनदेखि जारी केन्द्रीय समितिको बैठकले अन्ततस् चुनावी तालमेलको पक्षमा निर्णय गरेको हो ।
