
धादिङ । धादिङका विष्णु लाल श्रेष्ठ र पोखराका रमेश भट्टचनको जोडी दर्जलिङमा जारी ब्याडमिण्टनको सेमिफाईनलमा पुगेको छ ।
ब्याडमिण्टन खेल्नको लागि नेपालबाट ३ विधा ३५+,४५+, र ५५+ पुरुष युगल ब्याड मिण्टनप्रतियोगिता को लागि ५ टिम दार्जलिङ पुगेको थियो । धादिङका विष्णुलालको जोडीले सिक्किमको टिमलाई हराउँदै सेमिफाईनलमा पुगेको हो ।
नेपालबाट खेल्न जाने मध्य मध्ये ४५+ मा खुस गुरुङ पाटनर कमल रानाको जोडी, ५५+ मा पुष्प श्रेष्ठ पाटनर बुद्धि चौधरी र रमेश भट्टचन पाटनर विष्णु लाल श्रेष्ठको जोडी सेमिफाईनल पुग्न सफल भएको छ । प्रतियोगितामा आज र भोली दुई दिन सम्म चल्नेछ ।

