
धादिङ । शुक्रबार मध्य राती देखि शनीबार बिहान सम्म धादिङबेसी सदरमुकाममा जोगीले घरघरमा डुलेर रातभर मन्त्र जप्दै बराँठको सिङ बजाएर फेरी लगाए । शनिबार बिहान धादिङबेसी सदरमुकामका स्थानीयहरु नाङ्लोमा भिक्षा बोकेर जोगी खोज्दै हिडे । शान्तबाजारमा सडक पेटीमा भिक्षा संकल गर्दै (फोटोमा) बसे । आखिर किन मध्य रातमा शंख पुक्दै हिड्छन् त जोगीहरु पछिल्लो पुस्तालाई थाहा नहुन सक्छ ।
वर्षको दुई पटक उधौली र उभौलीअर्थात् कात्तिक र चैतमा जोगीले घरघरमा डुलेर रातभर मन्त्र जप्दै बराँठको सिङ बजाएर फेरी लगाउँदा घरको रक्षा हुने र भूतप्रेत नआउने जनविश्वास छ । फेरी लगाउने जोगीलाई फेरी लगाइएको घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्यूलगायत खाद्यान्न तथा पैसासमेत भिक्षा दान दिने चलन छ । सदियौंदेखि चलिआएको यो परम्परा ‘तथ्यहरूमा आधारित कुनै लिखित प्रमाणिक इतिहास वा लेख हालसम्म भेटिएको छैन ।’ तर, राजा पुथ्वीनारायण शाहले यस्तो परम्परा स्थपित गरेको उनको दाबी छ ।’
‘हाम्रो समुदायले जङ्गली अवस्थाको जीवनयापन गथ्र्यो, जङ्गलका प्राकृतिक आहार बटुल्र्दै जङ्गली जनावर सिकार गरेर खाने प्रचलन रहिआएसँगै जोगी जातिका मानिसले त्यही जङ्गली जनावर ‘बराँठ’ को सिङ्ग फुक्न सिकेका हुन् । रातको समयमा फेरी लगाउँदै हिड्नु पर्ने हुँदा जोगी जातिले रुद्राक्षका दाना र प्वाँलोहरू मालाको रुपमा भिर्न सिकेको जनविश्वास रहिआएको छ ।’
राजा पुथ्वीनारायण शाहले चौकीदारहरूलाई तिमीहरू राज्य गछौं कि मागेर खान्छौं भन्दा चौकीदारहरू मागेर खाने सोच, विचारमा रहें । राजाले खुसी हुँदै बराँठको सिंह दिए । उसबेला डाँडामा फुक्दा एकमुष्ट गाँउभरिका धान, चामल, भेटी आँउने गथ्र्यो रे । डाँडामा बजाउँदा धेरै दान, भेटी पाएपछि झन् घर घरमा पुग्दा अझ दानभेटी वृद्धि हुने अपेक्षा लिएर हिँड्न थालेका कालीबहादुर बताउँछन् । चौकीदारहरू भने उत्साहित भएर रातमा गाउँ–गाउँमा फेरी लगाउँदै माग्न हिँडन थालेको हुनाले जोगी भनिएको कथनहरु पनि भेटिन्छ ।
राति मात्र फेरी लगाउने जोगीहरु हरेक घरमा पुगेर चार सुर र मूल ढोकामा उभिएर शङ्ख बजाउँदै मन्त्र जाप गर्दछन् । फेरी लगाउँदा कसैसँग बोल्दैनन् तर, फेरी लगाई सकेपछि कसै स्थानीय बासिन्दाले ढोका खोली दिएमा उनीहरुको घरभित्रसमेत पसेर मन्त्र जाप गर्दै शङ्ख बजाउने गर्छन् । फेरी लगाउने जोगीलाई फेरी लगाइएको घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्यूलगायत खाद्यान्न तथा पैसासमेत भिक्षा (दान) दिने चलन छ ।
जोगीले धिमाल जातिको घरमा भने फेरी लगाउँदैनन् र भिक्षाअर्थात् दानदक्षिणासमेत लिँदैनन् । धिमाल जाति र जोगीहरुको गोत्र मिल्ने भएकाले फेरी नलगाइएको तीर्थबहादुरले जानकारी दिए । फेरी लगाउने जोगीले दश झोली बोक्ने गरेका छन् । बाह्रपन्थे जोगीको १२ झोलीमध्ये एउटा बाहुन र एउटा सन्यासीलाई दिइएकाले आफूहरुसँग दशवटा मात्रै झोली रहेको जोगी समुदायले बताउने गरेका छन् ।
