प्रदेश उप विजेता, धादिङ क्रिकेट टिमलाई बेनीघाट रोराङद्वारा आर्थिक सहयोगको घोषणा

Avatar photo
Dhadingpost
चैत्र ७, २०७८

धादिङ । धादिङको इतिहासमा पहिलो पटक प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा भाग लिँदै उप विजेता बनेको धादिङको क्रिकेट टिमलाई बेनीघाट रोराङका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले आर्थिक सहयोगको घोषणा गरेका छन् ।

धादिङ र मकवानपुर बीच भएको बागमती प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता अवलोकन गर्न चितवन स्थित गौतब बुद्ध क्रिकेट रंगशाला पुगेका बेनीघाट रोराङका अध्यक्ष डल्लाकोटीले प्रतितयोगितामा सहभागि धादिङको क्रिकेट टिमलाई नगद ५० हजार र टिम भित्र परेका बेनीघाट रोराङका ३ जना खेलाडी श्याम त्रिपाठी, आशिष मिया, एन्जल सिलवाललाई जनही २५-२५ हजार प्रदान गर्ने घोषणा गरेका हुन् ।

रसुवालाई ५ ओभरमा अलआउट गर्दै अगाडी बढेको धादिङ क्रिकेट टिमले काठमाडौंलाई १९ ओभरमा पराजित गर्दै सेमिफाईनको यात्रा तय गरेको थियो । राष्ट्रिय टिमबाट खेलिसकेकाका पूर्व खेलाडी सुवास खकुरेल र अण्डर-१९ का राष्ट्रिय खेलाडी विवेक रानामगर संमिलित काभ्रेलाई धादिङले सेमिफाईलनमा १५५ रहनले पराजित गरे पनि फाईनलमा भने धादिङलाई सुखद हुन सकेन । मकवानपुर सँग फाईनल खेलेको धादिङले ३७ रनले पाजित हुँदै उपविजेतामा रोकिन पुगेको थियो ।

बन्द प्रशिक्षण देखि अहोरात्र खट्ने टिम प्रशिक्षक शुनिल लामा र टिम म्यानेजर धादिङ क्रिकेटका अग्रज उदयबहादुर थापा, हरेक खेल अवलोकन सँगै खेलाडीको मनोबल बढाउन मैदान परिषर पुगेका जिल्ला खेलकुद विकास समिति धादिङ अध्यक्ष प्रतापसिं तामाङ, फाईनल खेल पुरा समय मैदान परिसरमा रहँदै खेल अवलोकन सँगै आर्थिक सहयोगको घोषणा गरेका बेनिघाट रोराङका अध्यक्ष पित्तबहादुर (हरि) डल्लाकोटीलाई जिल्ला क्रिकेट संघ धादिङले आभार व्यक्त गरेको छ ।