
धादिङ । ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान उद्घाटन गर्न धादिङ आएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. गोविन्द प्रसाद पोखरेलले संसारबाट सकिँदै आएको कम्युनिष्ट नेपाल अझै बाँकी छ र कांग्रेसलाई चुनौति बनि रहेको बताएका छन् ।
कांग्रेसको विकल्प यो मुलुकमा रहेनछ भनेर अहिलेको सरकारलाई हेरेर पनि पुग्छ यो कुरा कांग्रेसका सम्पूर्ण नेता कार्यकर्ताले जनतामा लैजानु पर्छ । चुनावमा को उम्मेदवार बन्यो भनेर नहेरि चुनाव चिन्ह रुख हेर्नुपर्ने समेत केन्द्रिय सदस्य पोखरेलले बताए । कांग्रेस कार्यकर्ता एकतावद्ध भएर जनताकोमा जाऔं, कम्यूनिष्टहरुलाई यहि चुनावबाट पाखा लगाउने सकिने समेत उनले दावी गरे ।
जिल्ला सभापति रामनाथ अधिकारीले धादिङका २ नगरपालिका सहित १३ वटै पालिका र १०४ वटै वडामा कांग्रेसले चुनाव जित्ने दावी गर्दै त्यसका लागि कार्यकर्ताहरुलाई ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सार्थकर्ता बनाउन आव्हान गरे ।

यस्तै नि.वर्तमान सभापति रमेश धमलाले कम्युनिष्टहरु एउटा बोल्ने र गर्ने अर्कै चरित्र भएको कारण जनता आजित भैसकेका छन् । यस्तो अवस्थामा कांग्रेस कार्यकर्ताहरु सामान्य व्यक्तिगत मतभेदलाई इगोका रुपामा लिएर बस्न नहुने भन्दै अब एकताबद्ध भएर चुनाव केन्द्रीत हुने र धादिङको सत प्रतिशद नतिजा आफ्नो पक्षमा निकाल्नु पर्ने बताएका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र नीकट एकीकृत अखिल नेपाल शिक्षक संगठन नलिकण्ठका अध्यक्ष जनार्दन नेपालले पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गरेका थिए ।
