
धादिङ । प्रकृति-मानव केन्द्रित जन अभियान, नेपालको पाचौं राष्ट्रिय सम्मेलनबाट धादिङका सुशिला रिजाल र शिव सापकोटा केन्द्रिय सदस्यमा चयन भएका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका फागुन २७ र २८ गते दुई दिन सम्म चलेको प्रकृति-मानव केन्द्रित जन अभियान, नेपालको पाचौं राष्ट्रिय सम्मेलनबाट धादिङका यी दुई जना केन्द्रिय समितिमा चयन भएका हुन् ।
प्रकृति र मानव बीचको पर्यावरणीय असन्तुलन विरुद्ध अभियान चलाउदै चलाउँदै आएको यस प्रकृति-मानव केन्द्रित जन अभियानको केन्द्रिय अध्यक्षमा कृष्ण प्रसाद गौतम, वरिष्ठ उपाध्यक्षमा विन्दुराज सापकोटा, उपाध्यक्षमा राजन केसी गरी ५० सदस्यीय केन्द्रीय कार्य समिति चयन भएको छ ।

