सेमजोङमा १ लाख २५ हजार राशीको वाका कप चैत्र २२ बाट

Avatar photo
नारायण सिलवाल
फाल्गुन २५, २०७८

धादिङ । धादिङको सेमजोङमा चैत्र २२ गते देखि हुने भएको छ र उक्त प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार, दितिय पुरस्कार ६० हजार र सान्तोना पुरस्कार दुई टिमलाई १५-१५ हजार हुने आयोजकले जनाएको छ ।

२०६३ सालदेखि छार वाका राहा युवा क्लव सेमजोङले हरेक वर्ष गर्दै आएको यस प्रतियोगिताको १२ औं श्रृखला आगामी चैत्र १२ गते देखि हुने कार्यसमितिको वैठकले निर्णय गरेको आर्थिक संयोजक दिपक तामाङले धादिङपोष्टलाई बताए ।

धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो । समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।

यस ठाउँको प्रचार-प्रसारको लागि छार वाका राहा युवा क्लव सेमजोङले हरेक वर्ष गर्दै आएको संयोजक तामाङले बताए । ११ औं वाका कपमा १ लाख ११ हजार पुरस्कार थियो यसलाई १२ औंमा बढाएर १ लाख २५ हजार पुर्याएका छौं संयोजक तामाङले बताए । गत वर्ष सम्पन्न ११ औं वाका कप पनि चैत्र ११ गते बाटै सम्पन्न भएको थियो र उक्त प्रतियोगिताको फाईनल खेलमा चौतारा युवा समाज (टिम B) ले डबजोङ क्षेत्र संरक्षण युवा क्लव (टिम A) लाई २ गोलले पराजित गर्दै उपाधी हात पारेको थियो । (यस अघि आर्थिक संयोजक दिपक तामाङ हुनुपर्नेमा खेल संयोजक भएकोले संच्याईएको छ सम्पादक)