
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङको अध्यक्षमा फेरि प्रताप सिं तामाङ नियुक्त भएका छन् । बागमती प्रदेश सरकारले जिल्ला खेलकुद विकास समिति अध्यक्षमा पुन तामाङलाई २ वर्षका लागि नियुक्ती दिएको हो ।
धादिङका अध्यक्ष तामाङलाई तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले २०७६ माघ २२ गते पहिलो पटक खेलकुद विकास समिति धादिङको अध्यक्षमा नियुक्त गरेको थियो ।
यस अघि नेकपा सरकारको पालामा नियुक्त भएका सबै जिल्ला अध्यक्षहरु अहिलेको गठबन्धन बने सँगै कार्यअवधी नसकिर्दै पदमुक्त गरे सँगै धादिङका प्रताप पनि पद मुक्त भएका थिए । उनलाई फेरि गठबन्धन सरकारले धादिङ अध्यक्षका लागि सोमबार नियुक्ती दिएको हो । तामाङ माओवादी केन्द्रबाट जिल्ला खेलकुद विकास समितिको कोटाबाट अध्यक्षमा नियुक्त भएका हुन् ।
