
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले गजुरी ४ र बेनिघाट रोराङ १ मा गरी ३०० रोपनी क्षेत्रफलमा लगाईएको अफिम खेती नष्ट गरेको जनाएको छ ।
“वस्ति वस्तिमा संयुक्त गस्ती” अभियान अन्तर्गत निस्किएको सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म धादिङबाट ४० जना र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको ३५ जनाको संयुक्त गस्ती टोलीले अफिम खेती नष्ट गरेको प्रहरीले जनाएको हो ।
गस्ती टोलीले अफिम खेती फडानी गर्नुका साथै बारीमा लुकाई राखेको अन्दाजी ५० किलो गाँजा जलाएर नष्ट गरेको समेत जनाएको छ ।फाईल तस्वीर
