
धादिङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङकी वैद्य निरीक्षक शोभा दुवाडीलाई सेवाबाट बर्खास्त भएकी छिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत पुस ११ गतेदेखि नै लागू हुने गरी भविष्यमा स्वास्थ्य सेवाका निमित्त अयोग्य ठहरिने गरी छैठौ तहमा कार्यरत कर्मचारी शोभा दुवाडीलाई बर्खास्त गरेको हो ।
मन्त्रालयले दुवाडीलाई बर्खास्त गरिएको सूचनामा भनिएको छ, जिल्ला आयुवैृद स्वास्थ्य केन्द्र धादिङका वैद्य निरीक्षक (छैटौं) तपाई श्री शोभा दुवाडी (कर्मचारी संकेत नम्बर १८१०६३) लाई लोकसेवा आयोग (उजुरी तथा विभागीय सजाय परामर्श शाखाको प.सं. उ.वि.स.प. १०(१) ०७८/७९ च. नं. १६१ मिति २०७८।०९।१८ को परार्मश अनुसार नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदपलmा (२) को खण्ड (ख) बमोजिम २०७६।०९।११ गते देखि लागू हुने गरी भविक्ष्यमा स्वास्थ्य सेवामा निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

