
धादिङ । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र संकटा क्लब बीच आज भएको खेलमा धादिङ दार्खाका ईश्वर गुरुङले डेभ्यू गरेका छन् ।
सुनिले जावलखेलका लागि गाेलकिपरमा खेल्दै डेभ्यु गरेका हुन् ।
दसरथ रंगशालामा आज भएको जावालाखेल युथ क्लब vs सन्कटा क्लबको खेलमा खेलको १४ औं मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६१ औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याए । सुबाश गुरुङको कर्नरमा उनले हेडर मार्फत गोल गरे । यस बराबरीसँगै जावलाखेलले १३ खेलमा १४ अंक जोड्यो ।
जावलाखेल दशौँ स्थानमा रहेको छ । संकटाले १३ खेलमा १६ अंक सहित सिजनको अन्त्य गरेको छ । संकटा सातौं स्थानमा रहेको छ । (यस अघिकाे समाचारमा ईश्वर गुरुङ हुनुपर्नेमा अन्यथा भएकाेले सच्याईएकाे छ -सम्पादक )
