ब्याडमिण्टन संघ धादिङद्वारा सूचना जारी, टिम दर्ता फागुन १४ सम्म

Avatar photo
Dhadingpost
फाल्गुन ४, २०७८

धादिङ । धादिङ जिल्ला ब्याडमिण्टन संघले फागुन १६ गते देखि धादिङबेसी स्थित आफ्नै कभर्ड हलमा आयोजना गर्न लागेको दोस्रो मेयर कप जिल्ला र राष्ट्रिय स्तरको ब्याडमिण्टन प्रतियोगिताको लागि टिम दर्ता फागुन १४ गते सम्म मात्रै गर्न पाईने जनाएको छ ।

सूचना जारी गर्दै संघले दोस्रो मेयर कप २०७८ फागुन १६ देखि १९ गते सम्म हुँदैछ । जिल्ला स्तरको प्रतियोगिताको ४ विधामा र राष्ट्रिय स्तरका खेलाडीले ५ विधामा प्रतिपर्धा गर्न पाईने बताएको छ ।

नगरपालिकाको आर्थिक सहयोग १५ लाख र टिम दर्ता शुल्कबाट ५ लाख गरि २० लाखमा प्रतियोगिता सम्पन्न गर्न लागेको धादिङ जिल्ला ब्याडमिण्टन संघले जिल्ला स्तर तर्फ प्रथमहुने टिमलाई पुरुष एकल र पुरुष युगल लाई २५–२५ हजार, दितियदाई २०–२० हजार र तृतियलाई १२–१२ हजार प्रदान गरिने जनाएको छ ।

यस्तै जिल्ला स्तर महिला तर्फ प्रथमलाई १२ हजार, दितियलाई ७ हजार र तृतियलाई ७ हजार, जिल्ला स्तर पालिका तर्फ पुरुष युगल बी तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने जनाएको छ ।

त्यसैगरी राष्ट्रिय स्तर तर्फ पुरुष युगल (र्याङ्कीङ २० बाहेक) तर्फ प्रथम २५ हजार दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार । राष्ट्रिय स्तर अण्डर १७ केटा एकल तर्फ प्रथमलाई २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने बताईएको छ ।

राष्ट्रिय स्तर भेट्रान्स ४५ प्लस पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार र राष्ट्रिय स्तर भेट्रान्स ५५ प्लस युगललाई पनि प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार दिईने सूचनामा उल्लेख छ ।