नेपालमा कोरोना घट्दो आज १,७१४ संक्रमित थप, ९ जनाकोे मृत्यु

Avatar photo
Dhadingpost
माघ २२, २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५१३ जनामा गरिएको परीक्षणबाट सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ ।

पिसिआर विधिबाट ५ हजार २२५ र एन्टिजेन विधिबाट तीन हजार २८८ जनामा परीक्षण गर्दा पिसिआर र एन्टिजेन परीक्षणमा क्रमशः एक हजार १०१ र ६११ संक्रमित थपिएका हुन् ।

यस अवधिमा चार हजार ७७१ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । थप नौ जनाले कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् ।

आज शनिबार देशभर पाँच लाख ८८ हजार ४४० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।