धादिङमा आज १०७ जनालाई कोरोना निको, संक्रमित २६ जना थप

Avatar photo
Dhadingpost
माघ २०, २०७८

धादिङ । धादिङ जिल्लामा आज एकै दिन १०७ जना कोरोना संक्रमणबाट मुक्त भएको र २६ जना संक्रमित थप भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज थप भएका कोरोना संक्रमितमा नीलकण्ठमा ४, गजुरीमा ३, बेनिघाट रोराङमा १, ज्वालामुखीमा ९, त्रिपुरासुन्दरीमा ४, गंगाजमुनामा ५ गरि २६ छन् भने डिस्चार्ज हुनेको संख्या १०७ रहेको छ ।

जिल्लाको सक्रिय केश ४०८ पुगेको छ र ९ जना हस्पिटल आइसोलेसनमा रहेका छन् । ४३ एण्टीजेन परिक्षणमा २६ पोजिटिभ आएको छ । पोजिटिभिटी रेट ६०.४ % रहेको छ ।