पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु

Avatar photo
Dhadingpost
माघ १६, २०७८

काटमाडौं । कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा। संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको जानकारी दिएकी छन् ।

आज नेपालमा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ जनाको नमूना परीक्षण गर्दा आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा ९ हजार ९१० नमूनाको पीसीआर र ३ हजार २३५ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ हजार ४९ जना र एन्टिजेन परीक्षणबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो ।