देशभरमा आज ४ हजार ९०४ जनालाई कोरोना संक्रमण, ६ जनाको मृत्यु

Avatar photo
Dhadingpost
माघ १५, २०७८

काठमाडौं । नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ५६२ जनाको नमूना परीक्षण गर्दा शनिबार ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा १० हजार १०१ नमूनाको पीसीआर र ४ हजार ४६१ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ हजार ३१८ जना र एन्टिजेन परीक्षणबाट एक हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, गत २४ घण्टाको अवधिमा ५ हजार ९२४ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ ।