धादिङमा आज कोरोना संक्रमित भन्दा निको हुने धेरै

Avatar photo
Dhadingpost
माघ १३, २०७८

धादिङ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमित हुने भन्दा संक्रमणबाट मुक्त हुनेको संख्या धेरै भएको ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज ४८ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ९९ संक्रमित संक्रमण मुक्त भएका छन् ।

धादिङमा आज ४८ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ९९ संक्रमित संक्रमण मुक्त भएका छन् । १७ एण्टिजेन परिक्षण गरिएकोमा गंगाजमुनामा १० र बेनिघाटमा २ जना गरी १२ जना र धादिङ अस्पतालमा गरिएको ७७ पिसिआर परिक्षणमा ३६ जना गरी जिल्लामा जम्मा ४८ जनाको कोरोना पोजिटिभ देखिएको छ ।

योसँगै हाल जिल्लाको सक्रिय संक्रमित ६ सय १४ पुगेको छ ।संक्रमित मध्ये ५ सय ९८ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन् । धादिङमा कोरोना संक्रमण दर ५१ दशमलब ०२ प्रतिशत रहेको छ ।