
धादिङ । धादिङको नीलकण्ठ १४ पात्लेमा जिल्ला कैं सर्वाधिक पुरस्कार राशी रहेको आठौं मानबहादुर मेमोरिएल कप फुटबल प्रतियोगिताको आज पाँचौं दिन ४ खेलहरु हुने छन् ।
आजबाट कोरोना भाईरसका कारण दर्शकहरुलाई प्रत्यक्ष खेल हेर्न नदिईने आयोजकले जनाएको छ । आयोजकको अफिसिएल फेसबुक पेजबाट खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाईने हुँदा इच्छुक खेलप्रेमीहरुले फेसबुक लाईभबाट खेल हेरिदिनुहुन आयोजक संस्थाका उपाध्यक्ष सुरेश तामाङले आग्रह गरेका छन् ।
आज पाँचौं दिन हुने खेलहरु
विहान ८ बजे: सुर्योदय फुटबल क्लव vs अन्नपूर्ण ए
बिहान १० बजे: सेमजोङ B vs म्याङ्गाङ युवा समाज
दिनको १ बजे: नुवाकोट युनाईटेड vs छोईलिङ युवा क्लव
दिनको ३ बजे:
जिल्लाको सर्वाधिक राशीको यस प्रतियोगितमा २९ टिमले भाग लिएका छन् । माघ १५ गते सम्म हुने यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार, द्वितिय पुरस्कार ६० हजार र सेमिफाईनल पुग्ने टिमलाई २०–२० हजार रहेको आयोजक विद्यार्थी उपकार संघ पात्लेका उपाध्यक्ष तामाङले धादिङपोष्टलाई बताए ।
