
काठमाडौं । नेपालमा कोरोना संक्रमित मध्ये ८८ प्रतिशतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीर कुमार अधिकारीले प्रेस ब्रिफिङमा यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपालमा भइरहेको पछिल्लो संक्रमणमा एस–जीन पोजेटिभ भएपनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ।’ डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको सहप्रवक्ता डा।अधिकारीले बताएका छन् ।
देशभरबाट संकलित ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । बाँकी ४ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ ।

