धादिङका स्वास्थ्यकर्मीहरुले अझै जोखिम भत्ता पाएनन्

Avatar photo
Dhadingpost
माघ ८, २०७८

धादिङ । कोरोना महामारीको रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको साथमा यति बेला को नहोला ? स्वास्थ्यकर्मीको पक्षमा कस्ले नबोल्ला ? यी नै धादिङका स्वास्थ्यकर्मीहरुले सरकारले घोषणा गरेको जोखिम भत्ता अझै पाउन सकेका छैनन् ।

पहिलो चरणको कोरोना कहरमा नै सरकारले काम र जोखिमको अवस्था हेरी सरकारले स्वास्थ्यकर्मीको तलबको २५ देखि शत प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको थियो । तर धादिङका स्वास्थ्यकर्मीहरुले कोरोनाको तेस्रो भेरिएण्ट आईसक्दा समेत उक्त भत्ता पाउन सकेका छैनन् ।

धादिङको नीलकण्ठका ७२ जना, धुनीवेशीका ४३ जना, ज्वालामुखीका ४२ जना, थाक्रेका ५७ जना, सिद्धलेकका ३२ जना, रुवीभ्यालीका ३३ जना, गजुरीका ४३ जना, त्रिपुरासुन्दरीका ५५ जना, गंगाजमुनाका ५० जना, खनियाँवासका १४ जना, स्वास्थ्य कार्यालय धादिङका १६ जना, धादिङ अस्पतालका १ सय १५ जना स्वास्थ्यकर्मीहरु कसैले पनि जोखिम भत्ता पाउन सकेका छैनन् ।