
धादिङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित आधा दर्जन नेतालाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि भएपछि हालै सम्पन्न माओवादी महाधिवेशनका १ हजार ७०० सहभागी सबैलाई कोरोनाभाइरस परीक्षण गर्न भनिएको माओवादी पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसहित आधा दर्जन नेता र पार्टी कार्यालयका कर्मचारीसहित एक दर्जनलाई कोभिड पुष्टि भइसकेको ढकालले जानकारी दिए ।
शुक्रवार गरिएको एन्टिजन र पीसीआर परीक्षणमा पूर्वप्रधानमन्त्री अध्यक्ष प्रचण्डलाई पनि सङ्क्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ। स्वास्थ्य अवस्था सामान्य छ, उनको सचिवालयले एक विज्ञप्तिमा भनेको छ ।
अधिवेशनमा सहभागि रामप्रसाद सापकोटाले पनि होम आईशोलेसनमा भन्दै फोटो सामाजिक संजालमा पोष्ट गरेका छन् ।
