देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

Avatar photo
Dhadingpost
पुस २५, २०७८

काठमाडौं । कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को बैठकले कोरोना नियन्त्रणका लागि देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेकाे छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेकाे हाे ।

त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

बैठकले दलहरुलाई कार्यक्रम नगर्न आग्रह नगर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयलाई लेखि पठाइने भएको छ ।

राजनीतिक कार्यक्रम र मेला महोत्सवमा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ । पछिल्लो समय विज्ञहरुले यस्ता कार्यक्रम र भेलाहरु सुपर–स्प्रेडर इभेन्ट बनिरहेको भन्दै आलोचना गरिरहेका छन् ।