अश्लिल फोटो पठाई ब्ल्याकमेल गरेको अभियोगमा पक्राउ

Avatar photo
Dhadingpost
मंसिर २८, २०७८

काठमाडौं । सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गरेको अभियोगमा मोहम्मद सालीमलाई प्रहरीले पक्राउ गरेको छ । भारत उत्तर प्रदेश कोपागंज दोस्तपुरा घर भएका ३१ वर्षीय सालीमलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडी उक्त अश्लिल फोटो सामाजिक सञ्जाल फेसबुक र वास्ट्एप मार्फत महिलाको आफन्तलाई पठाउनुको साथै पीडितको नामबाट बनाएको नक्कली फेसबुक आईडिमा अश्लिल फोटो पोष्ट गरी महिलाको चरित्र हत्या गरेको भन्ने जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरी ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।