माओवादी केन्द्रको वैठकद्वारा प्रदेश पदाधिकारी र सदस्य संख्या थप्ने निर्णय

Avatar photo
Dhadingpost
मंसिर २३, २०७८

काठमाडौं मंसिर २३ । माओवादी केन्द्रले यही मंसिर २५ गते सबै प्रदेशको सम्मेलन गर्दैछ । आज बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना राख्ने निर्णय गरेको छ ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार अब अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सचिव र कोषाध्यक्ष रहने छन् भने प्रदेश समितिको संख्या यसअघि १ सय ७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर संख्या थप गर्ने भएको हो ।

अब प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, वागमीतमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्ने छन् ।