कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देल विजयी

Avatar photo
Dhadingpost
मंसिर १९, २०७८

धादिङ मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महादिवेशनमा कमल थापालाई हराउँदै अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् । साविक अध्यक्ष कमल थापासँगको कडा प्रतिस्पर्धामा लिङदेनले जित हासिल गरेका हुन् । पार्टीको चार दिनदेखि जारी महाधिवेशनको अन्तिम दिन हिजो नेतृत्वका लागि चुनाव भएका थियो । उक्त चुनावका भर्खरै प्राप्त नतिजा अनुसान लिङदेनले थापालाई हराउँदै पार्टीको कमाण्ड प्राप्त गरेका हुन् ।

अन्तिम मतपरिणामअनुसार लिङदेनले थापालाई २२७ मतान्तरले पराजित गरे । राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय ७१ मत खसेकाेमा लिङदेनकाे पक्षमा १८४४ र थापाकाे पक्षमा १६१७ मत आएकाे थियाे । ४३१ मत बदर भएकाे छ । यसअघि तीन अध्यक्ष रहेको राप्रपालाई अब एकल अध्यक्षका रुपमा लिङदेनले हाँक्नेछन् ।

धादिङबाट बुद्धिमान सहित ४ जनाको उम्मेदवारी अन्तिम मतपरिणम घोषणा हुन बाँकी धादिङबाट पूर्व गृहमन्त्री बुद्धिमान तामाङले केन्द्रीय उपाध्यक्षमा उनको श्रीमती सरस्वती लामा, भाई डम्बर लामा र सुर्य बहादुर तामाङले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन् ।