
धादिङ कात्तिक २३ । धादिङ ज्वालामुखी गाउँपालिका ढोला निवासी सचिन श्रेष्ठ ललितपुर क्रिकेट संघबाट अण्डर १९ क्रिकेट प्रतियोगिताको लागि छनोटमा परेका छन् । ललितपुर स्थित Ball Park Sports Events & Academy मा क्रिकेट सिकिरहेका सचिन ललितपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको अण्डर १९ क्रिकेट खेलाडी छनोटमा परेका हुन् ।
सचिनले कात्तिक ११ देखि १९ गते सम्म धादिङ जिल्ला क्रिकेट संघले आयोजना गरेको धादिङ जिल्ला स्तरीय टी २० क्रिकेट प्रतियोगितामा बेनीघाट रोराङ स्थित कारु मेमोरियल ट्रष्टबाट खेलेका थिए । उनले अल्हायत कप, भगतसिंह मेमोरियल कप, सन कप, पाकिस्तान एम्बेसी कप लगायतका खेलहरुमा उत्कृष्ट प्रदर्शन समेत गरि सकेका छन् ।
यस अघि धादिङ धुनीबेसी नगरपालिकाका कुशल रुपाखेती काठमाडौं क्रिकेट संघबाट अण्डर १९ क्रिकेटमा छनोट भैसकेका छन् उनीले अल्फा एकेडेमीमा क्रिकेट सिकेका हुन् । उनले पछिल्लो पछिल्लो खेल धादिङ टी-२० कारु मेमोरियल ट्रष्टबाट खेलेका थिए । यस्तै धादिङका १३ जना क्रिकेट खेलाडीहरु यू १९ छनोटको लागि नुवाकोटमा छन् । उनीहरुको सेलेक्सन आज हुँदै छ । धादिङ क्रिकेट संघले क्यानको मान्यता पाईनसकेकोले खेलाडी छनोटका लागि अन्य जिल्ला धाउनु पर्ने वाध्यता अनुरुप यति बेला खेलाडीहरु अन्य जिल्ला पुगेका हुन् ।

यी हुन् अहिले सेलेक्सनका लागि नुवाकोटमा रहेका धादिङका १३ जना खेलाडी
१. अमृत थापा, त्रिपुरासुन्दरी
२. रुपेश भुजेल, गल्छी
३.आशिष मिया, बेनीघाट रोराङ
४. सृजन पाण्डे, बेनीघाट रोराङ
५. सक्षम खरेल, गजुरी
६. सन्देश सापकोटा, गजुरी
७. प्रदिप गिरी, सिद्धलेक
८. अनिल थापा, गल्छी
९. रविन्द्र नेपाल, गल्छी
१०. कुशल श्रेष्ठ नीलकण्ठ
११. आरम्भ तिमल्सिना सिद्धलेक
१२. विकेश श्रेष्ठ, नीलकण्ठ
१३. अनिल ढकाल, नीलकण्ठ
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०२२ मा वेस्ट ईण्डिजमा अण्डर १९ पुरूष विश्व कपको छनोट खेल गर्दैछ । त्यो भन्दा पहिला यू १९ एसिया कप डिसेम्बर अन्तिम देखि हुँदैछ । त्यसको लागि नेपाल क्रिकेट संघ (क्यान) ले यू(१९ राष्ट्रिय प्रातियोगिता गर्न लागेको त्यसैको लागि जिल्ला क्रिकेट संघहरुले आफ्नो जिल्लाका लागि खेलाडी छनोट गरि रहेका छन् । प्रतियोगितामा उच्च प्रदर्शन गर्ने खेलाडीहरु राष्ट्रिय टिममा पर्नेछन् । त्यसको लागि जिल्ला र प्रदेश छनोट हुनेछ, ७ प्रदेशका ७ टोली भिड्नेछन् ।

