
धादिङ कात्तिक ११ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुन्जे बजारमा जारी “प्रथम महाभीरचुली कप” फुटबल प्रतियोगिताको उपाधी धादिङबेसी स्थित धादिङ फुटबल क्लव (डीएफसी) ले जितेको छ ।
जितको लागि नेत्रावती डब्जोङको छोईलिङ्ग युवा क्लव विरुद्ध डीएफसीका कप्तान रवि भन्डारीले १ गोल गरेका थिए । खेलाडी राष्ट्रको गहना– खेलाडी बनाउने हाम्रो चाहाना’ भन्ने मुल कात्तिक १६ गतेदेखी सुरु भएको प्रतियोगितामा जिल्लाका २७ टिमको सहभागिता रहेको थियो ।
फाईनल जिते सँगै डीएफसीले पचास हजार ५०५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता छोईलिङ्ग युवा क्लबले तिस हजार ३०३, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफाईनमा रोकिएका डुप्चे युवा क्लब र सक्रिय युवा क्लबले समान नगद रु ७–७ हजार प्राप्त गरेका छन् ।
