
नुवाकोट कार्तिक २ । नुवाकोटको किस्पाङ -१ भाल्चे खेल मैदानका भएको फुटबल प्रतियोगितामा विजयी भएको कग्यु मोन्लम क्लवले आफुले जितेको रकम सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ ।
असोज २२ देखि ३० गते सम्म भाल्चे खेल मैदानका भएको उक्त फुटबल प्रतियोगितामा ३० वटा क्लवहरुले भाग लिएको थिए । प्रतियोगिताको ५० हजार पुरस्कार राशी भने कग्यु मोन्लम क्लवले जितेको थियो । उक्त पुरस्कार बापत प्राप्त रकम सामाजिक कार्यको लागि खर्च गर्ने निर्णय भएको क्लवका कर्म मोक्तानले धादिङपोष्टलाई बताए ।








































