वागमती प्रदेशमा १३ जना पुगे नेकपा एसको सांसद

Avatar photo
Dhadingpost
भदौ १८, २०७८

धादिङ भाद्र १८ । यसअघि राजेन्द्र पाण्डेसहित १२ सांसदले नेकपा एसको पक्षमा सनाखत गरेका थिए आज फेरि टौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर एमाले सांसद मीना नेपाल ज्ञवालीले नेकपा एसमा जाने गरि हस्ताक्षर गरे सँगै बागमतीमा नेकपा एसको सांसद संख्या १३ पुगेको छ ।

वागमतीमा एमालेका ५६ जना सांसद रहेकोमा अब ४३ जना बाँकी रहेका छन् । एमालेले बहुमतसमेत प्रदेशसभाबाट गुमाइसकेको छ । नेकपा एस रोज्ने ज्ञवालीका पति रुद्र नेपाल एमालेनिकट कानून व्यवसायीहरूको संगठन पीपीएलएका अध्यक्ष हुन् । उनी भने पार्टी विभाजनको विपक्षमा छन् ।

एमाले अल्पमतमा परे सँगै गठबन्धनका दलहरुले धादिङका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् । नेकपा एसका नेताहरु बागमती प्रदेशमा एमालेका सांसदहरु अझै थप हुने बताउँछन् ।