माओवादी केन्द्रको हालको जिल्ला कमिटी भंग

Avatar photo
Dhadingpost
भदौ ९, २०७८

धादिङ भाद्र ९ । नेकपा (माओवादी केन्द्र) को भदौ ५ र ६ बसको स्थायी समिति बैठकले पार्टीलाई नयाँ संरचनामा लैजाने निर्णय गरे सँगै देशभरका प्रदेश तथा जिल्ला कमिटीहरु भंग भएका छन् ।

उक्त स्थायी कमिटीको वैठकबाट धादिङको इन्चार्जको जिम्मेवारी पाएका केन्द्रीय सदस्य शालिकराम जमकट्टेलले अब यस अघि बनेको जिल्ला कमिटी भङ्ग भयो अब जिल्ला समन्वय समिति बन्ने बताए । बैठकले पार्टीलाई नयाँ संरचनामा लाने गरि केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सहइञ्चार्ज, जिल्ला इञ्चार्ज तथा जनवर्गीय संगठनका इञ्चार्जहरु तोकेको छ ।

प्रदेश १ को इञ्चार्ज सुरेन्द्र कार्की -राम कार्की), प्रदेश २ को इञ्चार्ज गणेश शाह, बागमती प्रदेशको इञ्चार्ज हितमान शाक्य बनेका छन् । यस्तै गण्डकी प्रदेशको इञ्चार्ज हितराज पाण्डे, लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल ‘बलदेव’, कर्णाली प्रदेश इञ्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टलाई बनाइएको छ ।