बागमती प्रदेशमा ५६ मध्य ८ जना नेपाल पक्षको सांसद, अष्टलक्ष्मी संकटमा

Avatar photo
Dhadingpost
भदौ ७, २०७८

धादिङ भाद्र ७ । १०९ सदस्यीय बागमती प्रदेशसभामा सभामुखसहित एमालेका ५६ सांसद छन् । तीमध्ये अहिले ८ जना माधव नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) मा लागे सँगै मुख्य मन्त्री अष्टलक्ष्मी शाक्य संकटमा परेकी छिन् ।

नेपाल पक्षको भनेर चिनिने शाक्य एका एक माधव नेपालको पार्टीमा नगई मुख्यमन्त्री बन्न ओली पक्षमा गई मुख्य मन्त्री बेनकी थिईन तथापी श्याक्यले भने आफू ओली र नेपाल दुबैको पक्षमा भन्दा पनि एमाले फुटको विरुद्धमा रहेको बताउँदै आएकी थिई ।

वाग्मती प्रदेशसभामा हाल १ सय ९ सदस्य छन् । त्यसमा एमालेका सभामुखसहित ५६ जना सांसद छन् । सरकारमा निर्माणमा सभामुखको मत प्रयोग हुँदैन । त्यसैले एमालेको एक जना मात्र संख्या कम हुँदा शाक्य नेतृत्वको सरकार अल्पमतमा पर्छ ।

वाग्मती प्रदेशसभामा यसअघिदेखि नै एमालेको ओली र नेपाल समूहबीच विवाद रहँदै आएको थियो । अहिले पार्टी विभाजनका क्रममा प्रस्तावित दल एकीकृत समाजवादीतर्फ ८ सांसद खुलिसकेको दाबी नेपाल पक्षको छ । सो संख्या शाक्यलाई मुख्यमन्त्री हटाउनका लागि पर्याप्त हो ।

‘अष्ट कमरेड आउनुभएन भने पनि हाम्रोतर्फ यो संख्या कम्तीमा १२ सम्म पुग्ने देखिन्छ,’ नेपाल निकट एक सांसदले भने, नयाँ दल दर्ता भएपछि प्रदेशमा कांग्रेस र माओवादीसहितको गठबन्धन बन्छ ।’ यदि शाक्य आफ्नो पक्षमा नआए शाक्यको स्थानमा राजेन्द्र पाण्डेलाई कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट बनाएर मुख्यमन्त्री बनाउने योजना छ ।