
धादिङ भाद्र ३ । देशका विभिन्न ठाउँहरुमा ४ जना मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, दाङ, घोराही उपमहानगरपालिका-२ साईपुर बस्ने ७२ वर्षीय ईश्वरी प्रशाद रेग्मी सोही ठाउँस्थित जंगलको बाँधमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै कैलाली, घोडाघोडी नगरपालिका-५ सरैयास्थित कान्द्र नदीमा सोही ठाउँ बस्ने ५५ वर्षीया हिरादेवी साउद बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-६ ठाकुरबारी बस्ने ४३ वर्षीय गणेश तामाङ सोही ठाउँस्थित काली मन्दिरको कलबड मुनि पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ पुलचोकमा हाल नाम, थर, वतन नखुलेकी करिब २७ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
