
धादिङ साउन २५ । बेनिघाट रोराङ गाउँपालिका१०, हुग्दी खोलामा रहेको “देवकोटा किराना स्टोर्स” लाई १० हजार नगद जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन धादिङ र जिल्ला घरेलु कार्यालय धादिङबाट खटिएको बजार अनुगमन टोलीले मापदण्ड विपरित संचालनमा आएको भन्दै “देवकोटा किराना स्टोर्स” लाई जरिवाना गरेको हो ।
जरिवानाको कारण
१. मूल्यसूची स्पष्ट देख्ने गरी नराखेको,
२. गोदाममा ४ किसिमका म्याद गुज्रिएका सामग्रीहरु फेला परेको,
३. पसलको सरसफाईमा पूर्ण लापरबाही गरेको,
४. बिल, बिजकहरु नराखेको, देखाउन नमानेको,
५. अनुगमन टोलीलाई पूर्ण असहयोग गरेको,
६. यसअघिको निर्देशन पालना नगरेको ।

