सरकारले आज देखि साउन २९ गतेसम्म ‘ मास्क अभियान’ सञ्चालन गर्दै

Avatar photo
Dhadingpost
साउन २३, २०७८

धादिङ साउन २३ । सरकारले कोरोना भाईरस (कोभिड १९) को रोकथामका लागि आजबाट साउन २९ गते सम्म ‘नेपाल मास्क अभियान’ संचालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले मास्क लगाउने तरीकालाई व्यवस्थित बनाउनका लागि सरकारले आजबाट यो अभियान सञ्चालन संचालन गर्न लागेको बताएका छन् ।

महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै हो आजको आवश्यकता भन्ने कुरालाई आत्म साथ गर्दै ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु,’ म जिम्मेवार नेपाली भन्ने नाराका साथ सरकारले अभियान सञ्चालन गर्ने उनले बताए ।

कतिपयले ‘मास्क लगाए पनि बोल्दा मास्क फुकाल्ने, चिउडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने जस्तो देखिएकाले यसपटक मास्कको जनचेतना नभएर मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न लागिएको उहाँको भनाई छ। स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा मास्क कसरी लगाउने भनेर सिकाउने छन्। उहाँका अनुसार सात दिनसम्मस्वास्थ्य स्वयंसेविकामार्फत गाउँ टोलमा मास्कको महत्व र लगाउने तरिका सिकाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।