
धादिङ साउन ९ । राष्ट्रिय फोटो पत्रकार समुह नेपालले आगामी असोज ६ गते संस्थाको २५ वर्षगाँठको अवसरमा भव्य रुपमा रजत जयन्ती मनाउने निर्णय गरेको छ ।
शुक्रबार काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको बैठकले असोज ६ गते संस्थाको स्थापना दिवसको अवसरमा फोटो पत्रकारिता पुरस्कार, लकडाउन फोटो प्रतियोगिताको पुरस्कार वितरण, संस्थामा रहेर २५ वसन्त पार गरेका सदस्यहरुलाई सम्मान लगायत विभिन्न कार्यक्रमहरु गरेर रजत जयन्ती मनाउने निर्णय गरेको अध्यक्ष राजेन्द्र चित्रकारले धादिङपोष्टलाई बताउनु भयो ।
बैठकले भाद्र मसान्त सम्म नयाँ सदस्यता विस्तार र सदस्यता नविकरणको काम सक्ने र रजत जयन्ती सम्पन्न गर्नको लागि महासचिव प्रदिपराज वन्तको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति समेत गठन गरेको बताईएको छ ।
