धादिङ साउन ८ । धादिङको नीलकण्ठ नगरपालिका ६ सुनाैलाबजारमा आज काेराेना विरुद्धको अमेरिकन janssen vaccine’ लगाएपछि एक जनाकाे मृत्युु भएकाे छ । खाेप लगाएर घर फर्किएका ७८ वर्षिय नरबहादुर श्रेष्ठ खाेप लगाएकाे अन्दाजी ४० मिनेट पछि घर पुग्ना साथ बेहाेस भएर ढलेकाे र उपचारकाे लागि जिल्ला अस्पताल ल्याउदै गर्दा मृत्यु भएकाे स्थानिय लक्ष्मण रम्तेलले बताए । खाेपकाे कारणले वा अन्य के कारणले मृत्यु भएकाे हाे अनुशन्धान नगरि यसै भन्न नसकिने स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पाैडेलले बताए ।


