
धादिङ असार २२ । माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य जिउँदा सहिद राम बहादुर भण्डारीले सहिदहरुको वलिदानी पूर्ण परिवर्तनको अपमान गर्न कसैले नपाउने बताउनु भएको छ ।
आज धादिङबेसीमा आयोजित द्वन्दु र सागर स्मृति दिवस कार्यक्रममा बोल्दै नेता भण्डारीले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता सहिदहरुको वलिदानी पछि प्राप्त उपलब्धी हो । यसका विरुद्ध हुने कुनै पनि गतिविधि किमार्थ मान्य हुने बताउनु भएको हो ।
प्रधानमन्त्री केपी ओली र राष्ट्रपति समेतले बलिदानी पूर्ण संघर्षबाट आएको परिवर्तनलाई हत्या गर्ने गरि अगाडी बढेकोले यसका विरुद्ध परिवर्तनकामी शक्तिहरु एकतावद्ध हुनुपर्ने उहाँले बताउनु भयो ।
नुवाकोटको तारुका प्रहरी चौकी आक्रमणको क्रममा ०५८ साल असार २२ गते अर्थात आजैका दिन सहादत प्राप्त गरेका दार्खा निवासी गणश तामाङ द्वन्दु र नीलकण्ठ नगरपालिका निवासी राजु दाहाल सागरको उक्त स्मृति दिवसको कार्यक्रममा उक्त चौकी आक्रमणमा सहभागि दिनेश तामाङले घटनाको बारे आफ्नो अनुभुती व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा माओवादी केन्द्रका नेताहरु दिपक विश्वकर्मा, चन्द्रबहादुर सिलवाल मिलन, रामसिंह तामाङ, अमृत तामाङ, केशरी प्रसाद पन्त लगायतको आतिथ्यता रहेको थियो ।
सहिद राजुदाहाल सागरको कान्छो भाई द्वारिका दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन विनोदबाबु रिमाल सरोलले गर्नुभएको थियो ।
