
धादिङ जेष्ठ १५ । आर्थिक वर्ष २०७८र७९को बजेट सार्वजनिक कार्यक्रममा धादिङको ५ वटा शिर्षकको नाम नै किटान गरि बजेट विनियोजन गरिएको घोषणा गरिएको छ ।
अर्थमन्त्री विष्णु पौडेल बजेट भाषण गर्दै धादिङको रूबिभ्यालीमा पत्थरको विशेष कार्यक्रम, पर्यटन प्रर्वधनको लागि पदमार्गमा निमार्ण, रसवारी दुर्घटनाबाट हुने सम्भावित जोखिम न्यूनिकरण बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्ने, मझिमटार देखि शक्तिखोर सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने बताउनु भएको हो ।
यी हुन् बजेटमा समावेश गरिएको धादिङ विशेष ५ शिर्षक
- धादिङको रूबिभ्यालीमा पत्थरको विशेष कार्यक्रम
- धादिङको रूबिभ्यालीमा पदमार्ग मा आवश्यक बजेट विनियोजन
- धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्न बजेट विनियोजन
- धादिङको लामिडाँडामा लिफ्ट खानेपानीको लागि बजेट विनियोजन
- बेनीघाट रोराङ मझिमटार देखि शक्तिखोर सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने
