
धादिङ फागुन २० । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्र चन्द विप्लव सार्वजनिक हुनुहुने भएको छ । सरकार र नेकपा बीचको वार्तामा ३ बुँदे सहमति भए सँगै हासचिव विप्लव शुक्रबार काठमाडौंबाट सार्वजनिक हुन लग्नु भएको नेकपाले जनाएको छ ।
आज दुई पक्षको वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्ग प्रसाद विश्वकर्मा प्रकाण्डले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।
उक्त ३ बुदे पत्र प्रधान मन्त्री केपी शर्मा ओली र विप्लवले भोली सार्वजनिक गर्ने बताईएको छ ।
