सरकार र विप्लव नेकपाद्वारा वार्ता समिति गठन

Avatar photo
Dhadingpost
फाल्गुन १८, २०७७

धादिङ फागुन १८ । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच वार्ता हुने भएको छ ।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा र विप्लव नेतृत्वको नेकपाको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’  को नेतृत्वमा वार्ता समिति बनेको हो ।

‘विप्लव’ नेतृत्वको नेकपाले वार्ताको लागि पार्टी माथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका नेता र कार्यकर्ताको रिहाइ हुनुपर्ने लगायतका माग अघि सार्दै आएको छ ।