खाेस्टे खाेलामा ३ वटा बस आपसमा ठाेकियाे

Avatar photo
Dhadingpost
फाल्गुन १६, २०७७

धादिङ फागुन १६ । धादिङ बेशिबाट काठमाडौ तर्फ आउँदै गरेको बा ३ ख ८९०४ नम्बरको यात्रुबाहक बसलाई सुर्खेतबाट काठमाडौ आउँदै गरेको ना ५ ख ४४९१ नम्बरको यात्र बाहक बसले उछिन्न क्रममा काठमाडौ बाट गोर्खा जाँदै गरेको ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बसलाई ठक्कर दिंदा दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । दुर्घटना गल्छी गाउँपालिका स्थित खाेस्टेखाेलामा भएकाे हाे । दुर्घटनाबाट घाइते भएका यात्रुहरूको स्थानीय स्वास्थ्य सेवा गल्छिमा १० जनाको उपचार भै रहेको छ भने गम्भीर घाइते भएको २ जनाको अवस्था गम्भीर रहेको र उनिहरुलाइ काठमाडौ स्थित ट्रमा सेन्टर लगिएको छ ।

आज भएको सडक दुर्घटनामा घाइते हरुको नाम निम्न रहेको:-
१) गोर्खा जिल्ला भिमेस्थान गा पा ७ को बर्ष ५० को कृष्ण कु श्रेष्ठ
२) सोही जिल्ला सोही ठाउँका बर्ष ४६ को नबराज श्रेष्ठ
३)सोही जिल्ला सोही गाउँका भुमि गोतामे
४) गोर्खा जिल्ला सिरान्क्जोक गा पा ६ का बर्ष ५० को रमेश गौतम
५) सोही जिल्ला छेत्लाङ गा पा ६ का बर्ष २१ को एक ब थापा
६) सोही जिल्ला ऎ गापा का सन्देश परियार
७) सोही जिल्ला भिमसेन गा पा २ का बर्ष ३७ को कृष्ण ब अधिकारी ५०७० नम्बर को चालक गम्भीर
८) धादिङ जिल्ला गल्छी गा पा ४ का बर्ष ४२ को कुमार भण्डारी
९)धादिङ जिल्ला गल्छी गा पा ४ का बर्ष ५५ को कान्छा तामाङ
१०)दैलेख जिल्ला भेरी गा पा ६ का बर्ष २२ को सिला रोकाय रहेको।अन्य २ जनाको परिचय खुल्न बांकी रहेकोे।