
धादिङ फागुन ८ । नुवाकोटको बट्टार खेल मैदानमा जारी बागमती प्रदेश स्तरीय फुटबल लिग प्रतियोगितामा धादिङले सिन्धुलीलाई ४ गोलले पराजित गरेको छ ।
धादिङको जितकालागि सिन्धुली विरुद्ध धादिङका अनमोल भण्डारीले २ गोल, विपिन कडेलले १ गोल र चतुरमान तामाङले १ गोल गरेका थिए । धादिङको ४ गोलको सामना गरेको सिन्धुलीले धादिङ विरुद्ध कुनै गोल गर्न सकेन ।
यस अघि फागुन ६ गते धादिङले दोलखालाई बराबरीमा रोकेको थियो भने अब फागुन १० गते धादिङ नुवाकोट सँग खेल्ने छ । फागुन १३ गते सम्म चल्ने यस प्रतियोगितामा बागमती प्रदेशका १० जिल्लाका १-१ टिम सहभागि छन् ।
५ लाख पुरस्कार राशीको यस प्रतियोगितामा उप विजेताले साढें २ लाख हात पार्ने छन् भने सेमी फाईनल पुग्ने टिनले ५० हजार पाउने छन् । टिम व्यवस्थापनको लागि खेल अगावै सबै टिमहरुलाई ५० दिएको एन्फाले नुवाकोटले जनाएको छ ।
यस्तो छ, खेल तालिका
- फागुन ९ गते -काभ्रे VS मकवानपुर
- फागुन ९ गते -चितवन VS ललितपुर
- फागुन १० गते -नुवाकोट VS धादिङ
- फागुन १० गते -दोलखा VS सिन्धुली
- फागुन ११ गते -काठमाडौं VS मकवानपुर
- फागुन ११ गते -चितवन VS सिन्धुपाल्चोक
सेमी फाईलन
- फागुन १२ गते -पहिलो समुहको विजेता VS तेस्रो समुहको बिजेतो
- फागुन १२ गते -दोस्रो समुहको विजेता VS समुह पहिलो दोस्रो तेस्रोको उत्कृष्ट विजेता
- फाईनल फागुन १३ गते -म्याच नम्बर १३ को विजेता VS म्यान नम्बर १४ को विजेता बीच
यी हुन्, धादिङका लागि खेल्ले धादिङ समाज धादिङका खेलाडीहरु
Coach : Gopikrishna Bhandari
Coach: Dipak Rana
Manager : Kamal Raj Dhungana
Players:
- Bipin Kandel
- Ravi Bhandari
- Sarju Gurung
- Bimal Tamang
- Nirmal Gurung
- Anmol Bhandari
- Saroj Pandey
- David Tamang
- Suroj Gurung
- Chaturman Tamang
- Ishwor Tamang
- Arjun Rokka,
- Labish Thapa,
- Tara Magar,
- Rajesh Bhandari,
- Urgen Sherpa,
- Anil Tamang.
