नलाङमा ५७ जनाको नि:शुल्क मोतिया विन्दु अपरेशन, १४६८ जना लाभान्वित

Avatar photo
Dhadingpost
माघ १४, २०७७

धादिङ माघ १४ । धादिङको सिद्धलेक गाउँपालिका २ स्थित नलाङमा ५७ जनाको निशुल्क मोतिया विन्दु अपरेशन गरिएको छ, भने आखाँ र दन्त शिविरबाट १ हजार ४६८ जना लाभान्वित भएका छन् ।

चक्रदेवी सामुदायिक समाज नेपाल सिद्धलेक २ धादिङ र नलाङ मोडेल एकेडेमीको आयोजनामा र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र द यिअर्ली ट्रष्टको को प्राविधिक सहयोगमा मिति २०७७ माघ ९ गते देखी १४ गते भएको शिविरमा ५७ जनाको मोतियाबिन्दुको अप्रेशन गरिउको हो ।

नलाङ मोडेल एकेडेमी सिद्धलेक २, ज्यामिरस्वाँरामा सम्पन्न भएको उक्त आँखारोगको उपचार सेवा एवं दन्तरोग शिविरमा ५१३ जना व्यक्तिहरुको दृष्टिमा समाधान गर्न आवश्यक चस्मा माघ २७ गते वितरण गरिने चक्रदेवी सामुदाियक समाज नेपालका सचिव जानुका सिलवालले जाकारी दिनुभएको छ ।

शिविरमा आँखा रोग सम्बन्धि समस्या भएका ११२३ जना व्यक्तिहरुका स्वस्थ्य परिक्षण र आवश्यक औसधी वितरण गरिएको थियो ।

नेपाल आँखा अस्पतालको बरिष्ठ नेत्ररोग विषेशज्ञ डा। इन्दुप्रसाद ढुंगेलको नेतृत्वमा भएको अपरेशन सेवामा ५७ जना व्यक्तिहरुको मोतयाबिन्दु (क्यटर्याक्ट), टेरिजम एवं क्यालाजियनको अपरेशन सेवा प्रदान गरिएको थियो ।

साथै ८७ जना व्यक्तिहरुलाई थप उपचारको लागि नेपाल आँखा अस्पतालमा रिफर गरिएको कुरा नेपाल आँखा अस्पतालको शिविर संयोजक कल्याण ढुंगानाले जानकारी दिनु भएको छ । यसको साथै दन्तरोग विषेशत्र डा। अतिज कुमार पाठकको नेतृत्वमा भएको दन्तरोग शिविरमा ३४५ जना विरामीहरुको दाँत मुख रोग एवं समस्याको उपचार सेवा प्रदान गरिएको थियो ।