नलाङमा नि:शुल्क मोतिया विन्दु अपरेशन तथा दन्तरोग शिविर जारी

Avatar photo
Dhadingpost
माघ १४, २०७७

धादिङ माघ १४ । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत नलाङ नलाङ मोडेल एकेडेमीमा निशुल्क मोतिया विन्दु अपरेशन) तथा दन्तरोग शिविर जारी रहेको छ ।

चक्रदेवी सामुदायिक समाज नेपाल सिद्धलेक २ धादिङ र नलाङ मोडेल एकेडेमीको आयोजनामा तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र द यिअर्ली ट्रष्टको को प्राविधिक सहयोगमा मिति माघ ९ गते उक्त सिशविर सुरुभएको हो ।

शिविरमा जेष्ठ नागरिक एवं आँखाका दृष्टिमा देखिएका समस्याहरुको पहिचान र निःशुल्क एवं आवश्यक चस्मा वितरणको लागि सिफारीस, निःशुल्क मोतिया विन्दु (क्यटर्याक्ट) को अपरेशन सेवा, जटिल आँखाका समस्या भएका व्यक्तिहरुहरुलाई आवश्यक उपचारको लागि रेफरलको व्यावस्थापन, अत्यावश्यक औसधीको निःशुल्क वितरण हुनुको साथै दन्तरोग विषेशज्ञहरुले दन्तरोग सम्बन्धि उपचारका सेवाहरु संचालन भईरहेको छ ।

हालसम्म १०३१ जनाको परिक्षण एवं ४२ जनाको मोतिया बिन्दुको अपरेशन गरिएको आयोजक स.स्थाका शंकर सिलवालले धादिङपोष्टलाई जानकारी दिनु भयो ।