सहकारीले झार्लाङमा आलु खेती, अलैंची खेति, टिम्मुर खेती प्रबर्द्धन गर्ने

Avatar photo
Dhadingpost
पुस २९, २०७७

धादिङ पुस २९ । प्रशंसा साना किसान कृषि सहकारी संस्था लि को आठौ साधारणसभा सभा खनियावास गाउँपालिका वडा नं २ कोखिममा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष गेवापेसाङ तामाङको अध्यक्षता तथा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति अध्यक्ष तथा प्रयास नेप धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालको प्रमुख आतिथ्यता मंगलबार सम्पन्न भएको हो ।

साधारणसभामा समाजसेवी मंग तामाङ ,पन्थ तामाङ ,राज तामाङ ,खनियावास गापा वडा नं १ र २ का वडासदस्यहरु, झार्लाङ माविका शिक्षक प्रतिनिधि लगायत सहकारी शेयर सदस्यहरुको उल्लेख सहभागीता रहेको थियो ।

सहकारीमा ५ सय ७७ जना शेयर सदस्य, ३९ जना बाल बचतकर्ता रहेका छन् । कुल २२ लाख ७७ हजार शेयरपुँजी रहेको सहकारीले उदेश्य अनुरुप शेयर सदस्यको कृषिको माध्यमबाट जिविकोपार्जन रुपान्तरणको लागि आफ्नो कार्यक्रम संचालन गरेको प्रबन्धक प्रकाश तामाङले बताउनु भयो ।

कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथि दामोदर अर्याल सहकारी ग्रामीण भेगमा रहेर स्थानीय कृषि पेशा संलग्न शेयर सदस्यको आर्थिक सामाजिक विकासमा उल्लेख योगदान गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

सहकारीले अर्गानिक आलु खेती, अलैंची खेति, टिम्मुर खेती प्रबर्द्धन गर्ने शेयर सदस्यहरुको क्षमता विकासमा कार्य गरिएको पनि प्रबन्धक प्रकाश तामाङले जानकारी दिनु भयो ।